यी हुन् एमालेबाट अहिलेसम्म एकल सिफारिस भएका उम्मेदवार

by समतल अनलाइन
109Shares

काठमाडौँ । निर्वाचनको वातावरण बनेको छैन र प्रतिनिधि सभाको पुनर्स्थापना हुनुपर्ने माग राख्दै आएको नेकपा एमाले चुनावमा होमिएको छ ।

एमालेले सबै क्षेत्रबाट उम्मेदवार सिफारिस गर्न दिएको निर्देशन अनुसार उम्मेदवारहरु सिफारिस हुनेक्रम जारी रहेको छ । यसैक्रममा अहिलेसम्म एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित दुई दर्जन नेताहरु एकल सिफारिस भएका छन् ।

जसमा केपी शर्मा ओली: झापा–५, विष्णु पौडेल: रुपन्देही–२, शंकर पोखरेल: दाङ–२, लेखराज भट्ट: कैलाली–४, महेश बस्नेत: भक्तपुर–२, प्रदीप ज्ञवाली: गुल्मी–१, ईश्वर पोखरेल: काठमाडौँ–५, लीलानाथ श्रेष्ठ: सिरहा–३, अजय गुप्ता: रौतहट–१, हरि उप्रेती: सर्लाही–३, तिलक महत: नवलपुर–२, मिलन गुरुङ: गोरखा–२, बद्री मैनाली: नुवाकोट–१, सूर्य ढकाल: बाँके–१, दलबहादुर सुनार: बाँके–३, विश्राम चौधरी: कपिलवस्तु–१, सुहाङ नेम्वाङ: इलाम–२, लक्ष्मी महतो कोइरी: महोत्तरी–१, ध्रुव शाही: सुर्खेत–१, कलाधर देवकोटा: सुर्खेत–२, गुलाबजंग शाह: सल्यान, मणिराम फुयाल: काठमाडौँ–२ (प्रस्ताव), दामोदर भण्डारी: बैतडी, गणेश ठगुन्ना: दार्चुला र दीपक प्रकाश भट्ट: कञ्चनपुर–३ एकल सिफारिस भएका छन् ।

You may also like