शिक्षामन्त्री पुनको आग्रह : जागिरका लागि भनसुन गर्न नभन्नुहोला, भ्रष्टाचारको जरो यही हो

by समतल अनलाइन
70Shares

काठमाडौं।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जागिर खान कसैले पनि भनसुनका लागि नआउन आग्रह गरेका छन् ।

आइतबार सामाजिक सञ्जालमा लेख्दै उनले भनसुन नै भ्रष्टाचार र कुशासनको जड भएको पनि उल्लेख गरेका छन् ।

उनले नियम कानुन मिचेर अनैतिक तरिकाले चाकरीको भरमा लोभीपापी र अयोग्य व्यक्तिहरुलाई उच्च पदहरुमा नियुक्त गरेको हुनाले नै कुशासन र भ्रष्टाचार चरम बिन्दुमा पुगेर जेन–जी बिष्फोट भएको हो भनेका छन् ।

मन्त्री पुनले लेख्छन्, ‘हार्दिक अनुरोध कसैले पनि ‘फलानो ठाउँमा यस्तो जागीर वा स्थान खाली रहेछ, लौ न मन्त्रीज्यू नेपालमा भनिदिनुस् न’ भनेर अनुरोध नगर्नु होला । कुशासन र भ्रष्टाचारले जरो गाडेको प्रमुख कारण नै यहि हो । नेताहरूले व्यक्तिगत र पार्टीको स्वार्थको लागि नियम कानुन मिचेर अनैतिक तरिकाले चाकरीको भरमा लोभीपापी र अयोग्य व्यक्तिहरुलाई उच्च पदहरुमा नियुक्त गरेको हुनाले नै कुशासन र भ्रष्टाचार चरम बिन्दुमा पुगेर जेन(जी बिष्फोट भएको हो। कुरा बुझ्नु भो ?’

You may also like