66
काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पुर्व शिक्षामन्त्री आमोद प्रसाद उपाध्यायको निधन भएको छ । ९२ बर्षिय उपाध्यायको गएराती काठमाडौंको ह्याम्स अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
उपाध्याय प्रतिनिधि सभा, राष्ट्रिय सभाको सांसद हुनुका साथै संबिधान सभाको समेत सदस्य रहेका थिए । उनी २०५८ सालमा शेरबहादुर देउवाको मन्त्रिपरिषदमा शिक्षामन्त्री बनेका थिए । २०५९ असोज १८ गते राजा ज्ञानेन्द्रले शाही कदम उठाएपछि उनी पदमुक्त भएका थिए ।
उपाध्यायको अन्तिम दाहासंस्कार धार्मिक परम्परा सोमबार पशुपती आर्यघाटमा हुने परिवार निकटले जानकारी दिएका छन् ।


