अक्सबृज इन्टरनेशनल एकेडेमीले विद्यार्थी स्वागत–विदाई कार्यक्रम सम्पन्न

by समतल अनलाइन
53Shares

बुटवल। बुटवल कालिकानगरस्थित अक्सबृज इन्टरनेशनल एकेडेमीले शनिबार विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पहिलो वर्षका ४० जना एचए विद्यार्थी र ल्याब टेक्निसियन प्रथम वर्षका ३० जना गरी कुल ७० जनालाई स्वागत गरिएको थियो भने तेस्रो वर्ष अध्ययनरत ३० जना ल्याब टेक्निसियन विद्यार्थीलाई विदाई गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि साझा हस्पिटल प्रालि बुटवलका अध्यक्ष तथा मानव अधिकार तथा शान्ति समाजका पूर्व केन्द्रीय अध्यक्ष गोविन्द खनालले विद्यार्थीलाई बधाई तथा शुभकामना दिँदै मेडिकल क्षेत्रमा अध्ययन गर्ने विद्यार्थीका लागि अवसर धेरै रहेको उल्लेख गर्नुभयो। उहाँले भने, “मेडिकल क्षेत्र सम्भावनासँगै चुनौतीपूर्ण र संवेदनशील पनि हो। त्यसैले विद्यार्थीहरूले आफूलाई दक्ष बनाउँदै गुणस्तरीय सेवा दिन सक्ने बनाउनु आवश्यक छ।”

कार्यक्रमको अध्यक्षता गुरुकुल अक्सबृजका प्रवन्ध निर्देशक डिपी खनालले गर्नु भएको थियो। विशिष्ट अतिथि स्वास्थ्य कार्यालय रुपन्देहीकी प्रमुख उमादेवी थापाले स्वास्थ्य क्षेत्रमा अध्ययन गर्ने विद्यार्थीहरूको उपस्थिती मुलुकको लागि राम्रो भएको बताउनुभयो। उहाँले थपे, “स्वास्थ्य क्षेत्रमा उत्पादन भएको जनशक्ति विदेश जानु दुखद् कुरा हो।”

कार्यक्रममा भिम अस्पताल भैरहवाका अध्यक्ष आनन्दप्रसाद शर्मा, सिटिईभिटीका लुम्बिनी प्रदेशका वरिष्ठ अधिकृत राजु भुसाल, फोरम फर हेल्थ साइन्सका केन्द्रीय सल्लाहकार चिरञ्जीवी जोशी, फोरम फर हेल्थका प्रदेश सचिव विनोद घिमिरे, अक्सबृजका भिजिटर लेक्चर मधुकर शर्मा, पत्रकार कपिल ज्ञवाली लगायतले उच्च शिक्षा अध्ययनका लागि विदाई पाएका विद्यार्थीलाई शैक्षिक सफलताको शुभकामना व्यक्त गर्नुभयो।

विद्यार्थी अक्षता थापा र विष्णु पाण्डेले कार्यक्रममा सञ्चालन गर्नु भएको थियो। विद्यार्थीहरूले विभिन्न साँस्कृतिक प्रस्तुति पनि प्रस्तुत गरेका थिए।

अक्सबृज इन्टरनेशनल एकेडेमीमा ल्याब टेक्निसियन, एचए, प्री–डिप्लोमा इन सिभिल र एग्रीकल्चर अध्ययन कार्यक्रम सञ्चालन हुँदै आएको परिक्षा प्रमुख गणेश बेल्बासेले जानकारी दिनुभयो।

You may also like

This will close in 0 seconds