पाल्पामा जीप दुर्घटना : तीन जनाको मृत्यु, नौ घाइते

by समतल अनलाइन
107Shares

बुटवल । पाल्पामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । लु १ ज ३९०८ नम्बरको फोर्स जीप अरुणखोलाबाट पाल्पाको रामपुरतर्फ आउँदै गर्दा मित्याल–अरुणखोला सडकअन्तर्गत निस्दी गाउँपालिका–४ मित्याल चिउरेबासको पहिलो घुम्ती नजिकै सडकबाट झन्डै ५०० मिटर तल खोल्सोमा खसेको हो ।

स्थानीयका अनुसार घटनास्थलमै तीन जनाको शव फेला परे पनि उनीहरूको पहिचान खुल्न बाँकी छ । दुर्घटनापछि जीपको छतबाट हाम्फालेर बाचेका घाइतेलाई निस्दी गाउँपालिकाको गाडीमार्फत उपचारका लागि अरुणखोला लगिएको छ ।

गाडी धेरै तल खसेका कारण उद्धार कार्य कठिन बनेको र मित्याल प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलमा पुगेको छ । घटनाको विस्तृत विवरण आइरहेका बेला निस्दी गाउँपालिकाका प्रवक्ता मेघबहादुर सुनारीले तीन जनाको मृत्यु भएको र नौ जना घाइतेलाई पालिकाको गाडीमा अस्पताल पुर्‍याइएको जानकारी दिए ।

उनका अनुसार मृतकमध्ये एक जना स्थानीय भएको आशंका गरिएको छ, तर कुनै पनि पीडितको आधिकारिक पहिचान खुल्न बाँकी रहेको छ ।

You may also like

This will close in 0 seconds