नगेन्द्र केसि
शुद्वोदन । रुपन्देहीको शुद्धोदन गाउँपालिका अवस्थित सौ, फर्साटिकर सामुदायिक सिकाइ केन्द्र द्वारा सञ्चालित ४५ दिने फेसन डिजाइन कटिङ्ग तालिमको उद्घाटन समारोह कार्यक्रम बिहीबार संस्थाको सभाहलमा सम्पन्न भएको छ।
सामुदायिक सिकाइ केन्द्र फर्साटिकरकाे आयोजनामा र शुद्धाेदन गाउँपालिका ४ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा सो ४५ दिने फेसन डिजाइन कटिङ्ग तालिमको सुरुवात गरिएको हो।सामुदायिक सिकाइ केन्द्र फर्साटिकरका अध्यक्ष रामेश्वरी सिंहकाे अध्यक्षतामा र शुद्धाेदन गाउँपालिका प्रव्क्ता वडा नम्बर ४ का वडा अध्यक्ष केशव प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रममा शुद्धाेधन वडा नम्बर ४ का २० जना महिला हरूको सहभागी रहेको भएको कार्यक्रममा प्रमुख अतिथि केशव प्रसाद अधिकारीले ब्यानर पढेर उद्घाटन गर्नुभएको थियो।

सो अवसरमा प्रमुख अतिथि केशव प्रसाद अधिकारीले कुनै पनि तालिम लिई सकेपछि त्यो प्रमाणपत्रमा मात्रै सीमीत नगरी एउटा सक्षम महिलाको रुपमा कार्यान्वयनमा ल्याउनुपर्ने कुरा जोड दिनुभएको थियो। मानिसको जीवनमा सिप महत्वपूर्ण भएको र सिपले जीवनमा परिर्वतन ल्याउने मानिसलाई सिपले स्वरोजगार बनाउने बताउदै श्रम र सिपले आय आर्जन गर्न सकिने भएकाले सिप हुने मानिस जहिले पनि समाजमा सम्मानित हुने र आफुले सिकेका सीप लाई ब्यवहारमा ल्याउन आग्रह गर्नुभयो।

उक्त कार्यक्रममा शुद्धोदन कार्यपालिका सदस्य रुक्मणी चौधरी,शुद्धोदन ४ का वडा सदस्य बालकृष्ण पराजुली,रुपा विक,फर्साटिकर माविका प्रअ देवराज पौडेल लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो।संस्थाका उपाध्यक्ष नवराज आचार्यको स्वागतमा र संस्थाका सामाजिक परिचालक अन्जना रेग्मीकाे सञ्चालनमा सो कार्यक्रम सम्पन्न भएको थियो।




