नेप्सेमा सामान्य गिरावट, ४ अर्ब ६६ करोडको कारोबार

by समतल अनलाइन
47Shares

काठमाडौँ । नेप्सेमा आज सामन्य गिरावट आएको छ । सोमबार नेप्से ३.०२ अंकले घटेर २६०६. ६७ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३३१ कम्पनिका एक करोड एक लाख ४६ हजार ४०० कित्ता शेयर ४ अर्ब ६६ करोड ९५ लाख ४८ हजार ७४२ मा कारोबार भएको थियो । आज हाइड्रो, जीवन बीमा, उत्पादन, निर्जीव बीमा र ट्रेडिङबाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

आज अपर श्यांगे हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ भने स्वस्तिक लघुवित्त, झापा इनर्जी र श्रीनगर एग्रोको शेयर मुल्य ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी सपोर्ट माइक्रोफाइनान्सको शेयर ५.१६ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी एनगाडी ग्रुप पावरको ५५ करोड ८६ लाख कारोबार भएको छ भने सागर डिस्टिलरीको २३ करोड ९७ लाखको कारोबार भएको छ ।

You may also like

This will close in 0 seconds