जेनजी आन्दोलनका घाइते लक्ष्मण राईको मृत्यु

by समतल अनलाइन
127Shares

काठमाडौं । जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका लक्ष्मण राईको मृत्यु भएको छ।

नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ घर भएका राईको गएराति १२ बजे मृत्यु भएको हो। उनी राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत रहेका थिए ।

उनको शव त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागमा लगिएको छ। उनको टाउको पछाडिको भागमा गोली लागेको थियो।

जेनजी आन्दोलनका क्रममा यसअघि ७५ जनाको मृत्यु भइसकेको छ।

You may also like