रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई पाँच दिन हिरासतमा राख्न म्याद थप गरिएको छ ।
प्रहरी हिरासतमा रहेका मिश्रमाथि अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले थप पाँच दिन म्याद थप गरेको हो ।

गएको चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीको प्रदर्शन हिंसात्मक बनेपछि मिश्रसहितलाई पक्राउ गरिएको थियो । मिश्रसहित पक्राउ परेका राप्रपा महामन्त्री डा. धवलशमशेर राणा भने स्वास्थ्यको कारण देखाउदै छुटेका छन् ।

You may also like