राप्रपाका महामन्त्री धवल शमशेर राणा हाजिरी जमानीमा रिहा

Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवल शमशेर राणा हाजिरी जमानीमा रिहा भएका छन्।

राणा चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको दंगामा संलग्न भएको आरोपमा पक्राउ परेका थिए। उक्त दंगामा दुई जनाको ज्यान गएको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीका अनुसार राणाको मुखमा क्यान्सर भएको स्थानमा समस्या देखिएपछि उनलाई श्रीमतीको जिम्मा लगाइएको हो। स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै आइतबार राति उनलाई रिहा गरिएको अधिकारीले जानकारी दिए।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले महामन्त्री राणाको स्वास्थ्य संवेदनशीलतालाई ध्यान दिएर गरिएको रिहाइलाई स्वागतयोग्य कदम बताएका छन्।

उनले पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित अन्य नेताहरूलाई थुनामा राख्नु अन्यायपूर्ण भएको बताउँदै आस्थाका आधारमा पक्राउ गरिएका सबैलाई शर्तबिना रिहा गर्न माग गरेका छन्।

You may also like