बुटवलमा जारी टि-२० कप: वेष्ट्रनले ६ विकेटले जित्यो, गार्गीले २ विकेटले

Shares

बुटवल। बुटवलमा जारी यु–१४ टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको १२ दिनको पहिलो खेलमा आयोजक वेष्ट्रन क्रिकेट एकेडेमी विजयी भएको छ । नरैनापुर मैदानमा भएको खेलमा वेष्ट्रनले प्यारामाउण्ट बोर्डिङ स्कुललाई ६ विकेटले हराएको हो । टस जितेर पहिले ब्याटिङ गरेको प्यारामाउण्टले २० ओभरमा ७ विकेट गुमाएर ६१ रन बनायो । बिराट रोक्काले २७ बलमा ३१ रन बनाए । वेष्ट्रनका श्रेयान्स ज्ञवालीले ३ विकेट र सुप्रिम कंडेलले २ विकेट लिए । ६२ रनको लक्ष्य वेष्ट्रनले ८.१ ओभरमा ४ विकेट गुमाउँदै भेटायो । अर्पण तिमिल्सिनाले १७ बलमा २५ रन र सुगम केसीले १५ बलमा ११ रन बनाए । श्रेयान्स ज्ञवाली म्यान अफ द म्याच घोषित भए ।

आजको दोस्रो खेलमा गार्गी एकेडेमीले विश्व स्कुललाई २ विकेटले हराएको छ । टस जितेर पहिले ब्याटिङ गरेको विश्वो स्कुलले १७.३ ओभरमा १० विकेट गुमाएर ६९ रन बनायो । विक्रमले १६ रन बनाए । गार्गीका अनमोल पुनले ४ ओभरमा २२ रन दिँदै ३ विकेट लिए । ७० रनको लक्ष्य गर्गीले १०.२ ओभरमा ७ विकेट गुमाउँदै भेटायो । शिवाया र समुन्द्रले क्रमशः २० र १३ रन बनाए । अनमोल पुन म्यान अफ द म्याच बने ।

प्रतियोगितामा १४ वर्ष मुनिका १२ टिम सहभागी छन् । टिमहरूलाई दुई समूहमा बाँडी लिग चरणमा खेलाइएको छ । समूहको शीर्ष २ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । विजेताले ४१ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । उपविजेताले २१ हजार नगद पाउनेछ । उत्कृष्ट ब्याट्सम्यानले २५ सय र सर्वोत्कृष्ट खेलाडीले ५ हजार नगद पुरस्कार पाउनेछन् ।

You may also like