272
काठमाडौं । नेपाल शिक्षक महासंघले कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने निर्णय गरेको छ । महासंघको आज (सोमबार) बसेको बैठकले कक्षा १२ को परीक्षामा सहभागी नहुने निर्णय गरेको हो । कक्षा १२ को परीक्षामा कोही पनि शिक्षक कर्मचारी सहभागी नहुने निर्णय गरिएको अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।
कक्षा १२ को परीक्षा ११ वैशाखदेखि सुरु हुँदैछ । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै महासंघको नेतृत्वमा २० चैतदेखि शिक्षकहरूले सडक आन्दोलन गरिरहेका छन् । कक्षा १२ को परीक्षा ११ वैशाखदेखि सुरु हुँदैछ । नयाँ शैक्षिक सत्र पनि सुरु भएको छ ।
previous post