बुटवलमा जारी टी-२० वेस्टर्न क्रिकेट कप : गार्गी ए. को ८ विकेटको शानदार जित

by सन्त कुमार श्रेष्ठ
479Shares

बुटवल । बुटवलको नरैनापुरमा भइरहेको १४ वर्षमुनिको टी-२० वेस्टर्न क्रिकेट कप अन्तर्गत सोमबारको खेलमा गार्गी एकेडमी एले प्यारामाउन्ट मावि ए लाई ८ विकेटले हराएको छ।

खेलको सुरुमा गार्गी ए का कप्तानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरे। ब्याटिङ गरेको परमाउन्ट एले १२.३ ओभरमै सबै खेलाडी गुमाउँदै जम्मा ४४ रन बनायो। टिमका कप्तान सुमित भण्डारीले नटआउट १३ रन बनाए।

गार्गी एका बलर हार्दिक शाहीले उत्कृष्ट प्रदर्शन गर्दै ३.४ ओभरमा ६ रन दिएर ४ विकेट लिए। साथमा स्पन्दन गैरे, शिवाय दर्लामी र अनमोल पुनले पनि राम्रो बलिङ गरे।

वेस्टर्न क्रिकेट क्लबका अध्यक्ष भुवन पाण्डेका अनुसार ४५ रनको लक्ष्य पछ्याएको गर्गी ए. ले ५.३ ओभरमा २ विकेट गुमाएर खेल जित्यो। हार्दिक शाहीले १३ बलमा २९ रन बनाएर टिमलाई जित दिलाए।

You may also like

This will close in 0 seconds