२०८२ सालमा कति छन् सार्वजनिक बिदा ? (सूचीसहित)

Shares

काठमाडौं । नयाँ बर्ष २०८२ सालमा ८८ दिन सार्वजनिक (सरकारी) बिदा परेको छ । नेपालमा राजपत्रमा प्रकाशित सूचनाअनुसार २०८२ सालमा ५२ वटा शनिबार परेका छन् भने ३६ दिन विभिन्न चाडपर्व एवं दिवसका बिदा छन्। दसैँ र तिहार समेत विभिन्न पर्वका जम्मा बिदा २८ दिन हुनेछ भने गणतन्त्र दिवस समेत विभिन्न दिवसको कूल बिदा ६ दिन परेको छ । यसबाहेक स्थानीय पालिकाले स्थानीय चाडपर्वका लागि थप बिदा दिन सक्ने छन्।

हेर्नुस् २०८२ सालको बिदा सूची :

वैशाख

वैशाखमा ४ दिन शनिबार छन् । यसका अलावा आजै वैशाख १ गते नयाँ वर्षको बिदा छ भने १८ गते विश्व मजदुर दिवस तथा २९ गते एकै दिन चण्डी पूर्णिमा (वैशाख पूर्णिमा), बुद्ध जयन्ती, उभौली पर्वको बिदा छ ।

जेठ

जेठमा ५ दिन शनिबार । अनि जेठ १५ गते गणतन्त्र दिवस ।

असार

असारमा ४ शनिबार। अन्य बिदा छैन ।

साउन

साउनमा ५ शनिबार। तर २४ गते रक्षाबन्धन तथा जनैपूर्णिमा र ३१ गते ३१ गते श्रीकृष्ण जन्माष्टमी शनिबारकै दिन पनि परेका छन् । २५ गते गाईजात्रा पर्व काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा ।

भदौ

भदौमा ४ शनिबार । भदौ ७ गते बुवाको मुख हेर्ने दिन पनि शनिबार नै परेको छ । १० गते हरितालिका (तीज)। १५ गते गौरा पर्व र भदौ २१ गते इन्द्रजात्रा। ३० गते जितिया पर्व ।

असोज

असोजमा ४ शनिबार । ३ गते संविधान दिवस । असोज ६ गते दसैँको घटस्थापना बिदा। यसपछि असोज १३ फूलपातीदेखि १८ गते (शनिबार) द्वादशीसम्म बिदा ।

कात्तिक

कात्तिकमा ५ शनिबार । कात्तिक ३ देखि ७ गतेसम्म तिहार बिदा । कात्तिक १० गते छठ पर्वको बिदा। कात्तिक २५ गते फाल्गुनन्द जयन्तीको बिदा ।

मंसिर

मंसिरमा ४ शनिबार । मंसिर १७ गते धान्य पूर्णिमा, किराँत समुदायको उधौली पर्व, योमरी पुन्हि र अन्तर्राष्ट्रिय अपांगता दिवसको बिदा। मंसिर १८ गते ज्यापु दिवसको बिदा ।

पुस

पुसमा ४ शनिबार । पुस १० गते क्रिसमस डेको बिदा। पुस १५ गते तमु ल्होछार र पुस २७ गते पृथ्वी जयन्तीका बिदा ।

माघ

माघमा ४ शनिबार । माघ १ गते माघी पर्व अर्थात् माघे संक्रान्तिको बिदा । माघ ५ गते सोनम ल्होछार, ९ गते सरस्वती पूजा र १६ गते सहिद दिवसका बिदा ।

फागुन

फागुनमा ५ शनिबार । ३ गते महाशिवरात्रिको बिदा । फागुन ६ गते ग्याल्पो ल्होसार र ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस। १८ गते हिमाली र पहाडी जिल्लामा तथा १९ गते तराई–मधेसमा होली पर्वको बिदा। फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवस (मार्च ८) को बिदा ।

चैत

चैतमा ४ शनिबार । ४ गते घोडेजात्राको बिदा (काठमाडौँ उपत्यकामा) । चैत १३ गते रामनवमीको बिदा ।
यस्तो छ वर्षभरिको बिदा

You may also like

skip


This will close in 5 seconds