96
बुटवल । बुटवल नगरपालिकाको सहकार्यमा वेस्टर्न क्रिकेट एकेडेमीको आयोजनामा सञ्चालन भइरहेको यू–१४ वेस्टर्न क्रिकेट कप २०८१–८२ अन्तर्गत आइतवार सम्पन्न खेलमा आयोजक वेस्टर्न क्रिकेट एकेडेमीले एलाइट जेआर लाई ६ विकेटले पराजित गर्दै पहिलो जित हात पारेको छ।
बुटवलको एन.सी.जी. मैदानमा सम्पन्न खेलमा एलाइट जेआरले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। एलाइटले ९.५ ओभरमा सबै विकेट गुमाउँदै जम्मा ४४ रन बनाउन सक्यो। टिमका लागि ओमलाल चेप्रीले सबैभन्दा बढी १३ रन जोडे। वेस्टर्नका बलर सुप्रिम कंडेलले ३ ओभरमा ७ रन दिँदै २ विकेट लिएर उत्कृष्ट प्रदर्शन गरे।
४५ रनको लक्ष्य पछ्याउन उत्रिएको वेस्टर्न क्रिकेट एकेडेमीले ७.४ ओभरमा ४ विकेट गुमाउँदै सहज रुपमा लक्ष्य पूरा गर्यो। सुप्रिम कंडेल नै म्यान अफ द म्याच घोषित भए।