शुद्वोदन। रुपन्देहीको शुद्धोदनमा ३ रमवापुर अवस्थित यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी संघबाट आदेश राना नेतृत्वमा प्यानल नै निर्वाचित भएको छ।
रानाले ३१५ मत ल्याएर विजयी भएको क्याम्पसका निर्वाचन अधिकृत भिम प्रसाद सापकोटाले बताउनुभयो।रानाको प्रतिस्पर्धी संयुक्त प्यानलका अन्जिता चौधरीले १४४ मत ल्याएर पराजित भएकी छन् । आदेश रानाको प्यानलमा सचिव पदमा रम्भा थारुले ३०१ मत ल्याएर विजय भएका छन् ।
भने सयुक्त प्यानलबाट सचिवमा अतुल मिश्र १५७ मत ल्याएर पराजित भए ।
त्यसैगरी आदेश रानाको प्यानलमा कोषाध्यक्षमा माधव कुमार कडेल ३०३ मत ल्याएर निर्वाचित भएका हुन्।उनका निकटतम प्रतिद्वन्दी हसिबुन निशाले १५० मत ल्याइ पराजित भइन ।खुल्ला सदस्यहरुमा किसन थारु,सानिया चालिसे,सुरेन्द्र पाठक,कृष्ण बहादुर लोनिया,अनुराधा कुमारी हरिजन निर्वाचित भएको क्याम्पसले जनाएको छ ।
यस्तै समानुपातिक तर्फ नेविसंघले मत प्राप्त गर्दै ५ जना सदस्य,अनेरास्ववियुले १४३ मत प्राप्त गर्दै २ जना सदस्य प्राप्त गरेको छ भने अखिल क्रान्तिकारीले १७ मत प्राप्त गरेको छ ।क्याम्पसमा अनेरास्ववियु र अखिल (क्रन्तिकारी)तालमेल थियो भने नेविसंघ एकल प्रतिस्पर्धामा थियो ।क्याम्पसमा ५५० जना विद्यार्थी रहेकोमा ४६७ जनाले मतदानमा भाग लिएका थिए भने ४ मत बदर भएको थियो ।