उपनिर्वाचन २०७६ः दाङमा १४ जनाको उम्मेदवारी दर्ता

by समतल अनलाइन
Shares

दाङ । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनअन्तर्गत दाङ क्षेत्र नं ३ (ख) मा प्रदेशसभा सदस्यका लागि आज १४ जनाले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले १२ दल र दुई स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएको जानकारी दिनुभयो । उम्मेदवारी दर्ता गर्नेमा नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट विमला वली, नेपाली काङ्ग्रेसबाट केशव आचार्य, राष्ट्रिय जनमुिक्त पार्टीबाट धनराज सुनार, नेपाल मजदूर किसान पार्टीबाट सुरेश परियार, राप्रपा(संयुक्त)बाट छोटीलाल थारु, नेकपा(माले)बाट हरिप्रसाद डाँगी, समाजवादी पार्टीबाट डिल्लीबहादुर डाँगी र राप्रपाबाट भूपाल रावत हुनुहुन्छ ।

त्यस्तै काङ्ग्रेस (बिपी)बाट दीपककुमार धिताल, नेपाल लोकतान्त्रिक पार्टीबाट सोनुबहादुर खत्री, मङ्गोल नेशनल पार्टीबाट घनश्याम चौधरी र समाजवादी पार्टीबाट शिवकुमार चौधरी तथा स्वतन्त्रबाट गोविन्द केसी र टीकाराम आचार्यले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

You may also like

This will close in 0 seconds