भारतमा २४ घण्टामा २,५९३ मा कोरोना संक्रमण, ४४ जनाको मृत्यु

by समतल अनलाइन
297Shares

नयाँदिल्ली । भारत २४ घण्टाको समयावधी अर्थात शनिबार मध्यरातिसम्म दुई हजार ५९३ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कुल सङ्क्रमतिको संख्या चार करोड ३० लाख ५७ हजार ५४५ जना पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।

विगत केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइरस सङ्क्रमणको पुनः नयाँ सङ्क्रमितको संख्या दुई हजार नाघेको यो लगातार पाँचौ दिन हो । यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप ४४ जनाको मृत्यु भएपछि मृत्यु हुनेको संख्या पाँच लाख २२ हजार १९३ पुगेको छ ।

यहाँ अझै पनि सक्रिय सङ्क्रमित १५ हजार ८७३ जना रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ । भारतमा केही महिनायताबाट सक्रिय सङ्क्रमित घट्ने क्रम जारी रहेको थियो । तर केही दिनयताबाट सक्रिय सङ्क्रमति बढेको पाइएको छ ।

२४ घण्टाको समयावधी अर्थात बिहीबार मध्यरातिसम्म एक हजार ७५५ जना कोरोना निको भएका छन् । यसैसँगै हालसम्म चार करोड २५ लाख १९ हजार ४७९ जना सफलतापूर्वक कोरोना सङ्क्रमण निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

 

You may also like

This will close in 0 seconds