253
			
		
		
			
            
				            
			
			        
    नान्जिङ । चीनमा भएको सवारी दुर्घटनामा परी ३६ जनाको मृत्यु भएको छ । देशको पूर्वी जिङसु प्रान्तमा भएको दुर्घटनाका कारण अरु ३६ जना घाइते भएको स्थानीय अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।
स्थानीय समय अनुसार शनिबार बिहान ७ बजे बस दुर्घटना भएको हो । दुर्घटनामा परेको बसमा ६९ जना यात्रु सवार थिए ।
यात्रुबाहक बस राजमार्गमा गुडिरहेका बेला ३ जना मानिस सहित आइरहेको ट्रकसँग ठोक्किएको थियो । प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानका आधारमा बसको टायरको हावा फुस्किएर दुर्घटना भएको देखिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
रासस र सिन्ह्वा
 
			        

 
												 
														

