दाङमा पि.वि.टि. वइस्ट इण्डष्ट्रिजद्धारा स्वास्थ्य सामग्री सहयोग

Shares

शिव राज खनाल
दाङ।निम्बस नेपालको सामाजिक उत्तरदायित्व अन्तर्गत बाँकेको कोहलपुरमा संचालित पि.वि.टि. वइस्ट इण्डष्ट्रिज प्रा.लि. ले दाङ जिल्लामा रहेका ब्यापारीहरु साझा सस्था नेपाल उद्योग बाणिज्य महासंघमा आबद्ध रहेका ३ वटा र सल्यानको एउटा उद्योग बाणिज्य संघलाइ स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।

दाङको लमहीमा अबस्थित मनकामना पोल्ट्री एन्ड फिड उद्योग तथा पि.वि.टि. वइस्ट इण्डष्ट्रिज प्रा.लि.का डिलर संचालक अजय न्यौपानेले महासंघलाई जम्मा ७ हजार थान सर्जिकल माक्स हस्तान्तरण गरेका हुन ।

दोस्रो चरणको कोरोना भाईरसको भेरियन्ट देखिएको र यस महाविपदमा सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताउँदै प्रा.लि. का डिलर संचालक न्यौपानेले आफुहरुले यस बिपतका बेला निम्बसको सामाजिक उत्तरदायित्व अन्तर्गत उद्योग बाणिज्य संघ लाई स्वास्थ्य सामग्री वितरण गरिएको बताए ।

उक्त स्वास्थ्य सामाग्री मनकामना पोल्ट्री एन्ड फिड उद्योगका संचालक न्यौपानेले सनिवार देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष खगेस्वर खनाल र पदाधिकारी लाई तेस्तै घोराहीमा रहेको ब्यापारीहरुको साझा सस्था घोराही उद्योग बाणिज्य संघका अध्यक्ष ,बरिस्ठ उपाध्यक्ष तथा महासचिव लाई र तुल्सिपुरमा तुल्सीपुर उद्योग बाणिज्य संघका अध्यक्ष , निबर्तमान अध्यक्ष तथा महासचिव र सल्यान उद्योग बाणिज्य संघ लाई एक्कै दिन कार्यलयमै पुगि उक्त स्वास्थ्य सामाग्री स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन ।

डिलरका संचालक न्यौपानेका उनका अनुसार अग्रपन्तीमा खटिने जाे काेहीलाइ पनि प्रा.लिले स्वास्थ्य सामाग्री उपलब्ध गराउने गरेका छाै, आवश्यकता परेकाे खण्डमा हाम्राे कम्पनीलाइ सम्पर्क गरे हामीले उपलब्ध गराउने समेत बताएका छन ।

You may also like

This will close in 0 seconds