119
बुटवल। कर्णाली प्रदेशमा आफ्ना पार्टीका चार सांसदले ह्विप विपरीत माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएको घटनामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कडा आलोचना गरेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कर्णालीपछि अब गण्डकी, लुम्बिनी र केन्द्र सरकार पनि फेर्न आफू लागिपरेको भन्ने सार्वजनिक भाषण गरेपछि मुख्यमन्त्री पोखरेलले उनको नाम नलिईकन आलोचना गरेका हुन् ।