71
दाङ।दाङमा ११ वर्षकी बालिका बलात्कृत भएकी छन् । बबई गाउँपालिकामा पर्ने ट्वाङखोलाको जङ्गल हुँदै नजिकैको गाउँमा जाँदै गर्दा बेलुकी ६ बजेतिर बालिका बलात्कृत भएकी प्रहरीले जनाएको छ ।
प्रहरीले बलात्कारको आरोपमा १२ र १३ वर्षका किशोरलाई पक्राउ गरेको छ । माछा मारेर फर्कदै गरेका किशोरहरुले बालिकालाई जङ्गलको बाटोमा एक्लै भेटेपछि १३ वर्षको किशोरले बलात्कार गरेको र १२ वर्षको किशोरले बालिकालाई समातेको प्रहरीको भनाइ छ । बालिकाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।
