पहिलो पाइलाको एक रुपैयाँ अभियान

by समतल अनलाइन
Shares

बुटवल। युवा हरेक समाजका ढुकढुकी हुन । कुनै पनि समुदाय कस्तो छ र रहनेछ भन्ने कुरा सोही समाजका युवाहरूमा निहित रहन्छ । तर, युवा कै कारण नेपाली समुदायमा विविध सामाजिक समस्या हरु देखा परिरहेका छ्न ।

युवा मानसिकता नै विदेश पलायन को चपेटामा परिरहेको बेला यहि नेपाली समुदायमा अर्को एक युवा समूह छ, जसले उत्तरदायी युवा नेतृत्व को अपेक्षा गरिरहेको छ । युवा अवस्थाको सम्पुर्ण जोश जागर राष्ट्रका लागि खर्च तयार युवाहरूको समूह को रुपमा स्थापना भएको पहिलो पाइला नेपालले एक रुपैया अभियान सन्चालन गर्ने तयारिमा रहेको छ। नेपालीको पीडा नेपाली कै मलम भन्ने उद्देश्य सहित सामाजिक कार्यमा सक्रियता देखाउदै आइरहेको पहिलो पाइलामा देशभर का ३०० जना भन्दा बढी क्रियाशील सदस्यहरू रहेका छन । युवा सामाजिक सस्थाको प्रमुख चुनौती नै आवस्यक आर्थिक सहयोग संकलन गर्न असहज भएका बेला केन्द्रिय अध्यक्ष विजय खडकाको नेतृत्वमा नव गठित कार्यसमितिले एक रुपैया अभियान लाई बिशेष प्राथमिकतामा राखि काॠ सुरु गरेको केन्द्रले जनाएको छ।

हजारौं माइलको यात्रा पहिलो पाइला बाट नै सुरु हुन्छ भनेझैं एक एक रुपैयाँ हुँदै हजारौ लागतको कार्यक्रम एकै रुपैया बाट गर्न सकिने भएको हुदा एक रुपैयाँ अभियान सन्चालन गरिएको सस्थाका महासचीव सुरज गिरि आभासले बताउनुभयो । गिरिका अनुसार परिवर्तनको अपेक्षा गर्ने जो कोहिले पनि एक रुपैयाँ अभियान मा सहयोग गर्न सक्नेछन । अभियान बाट संकलन हुने हरेक एक रुपैयाँ सस्थाको आकस्मिक कोषमा जम्मा हुनेछ, अभियानमा संयोजकको जिम्मेवारी केन्द्रिय कोषाध्यक्ष मनिसा साहनीलाई दिइएको छ। सन्कलित रकम राष्ट्रिय विपद र जोखिमको घडीमा प्रयोग हुनेछ । दिनको एक रुपैया को दरले आर्थिक दान गर्न सकिने यो कार्यक्रम को सम्पुर्ण आय ब्यय सस्थाले त्रैमासिक रुपमा सार्वजनिक समेत गर्ने छ ।

You may also like

This will close in 0 seconds