नायिका श्वेता खड्काले थालेको माझी बस्ती निर्माण को लागि लग्जम्वर्ग बासी नेपालीको सहयोग

by समतल अनलाइन
248Shares

बुटवल।नायिका स्वेता खड्काको अगुवाइमा निर्माण भएको सिन्धुपाल्चोकको माझी बस्तीका लागि लग्जम्वर्गमा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् ।

लग्जम्वर्गबासी नेपालीले एक कार्यक्रमको आयोजना गरी नायिका श्वेता खड्काको माझी बस्ती निर्माण अभियान का लागि २८४० युरो अर्थात् करिब तीन लाख नेपाली रुपैयाँ सहयोग गरेको जानकारी एनआरएनए लग्जम्वर्ग का कोषाध्यक्ष युद्द थापाले जानकारी दिए ।

नायिका खड्काले भूकम्प गएको लामो समयदेखि टहरामा बस्दै आएका सीमान्तकृत माझी समुदायका ६३ परिवारका लागि एकीकृत नमुना बस्ती बनाउन लागिएको हो ।

नायिका खड्काले स्वर्गीय पति श्रीकृष्ण श्रेष्ठको जन्म जिल्ला भएको नाताले अभिप्रेरित भई आफूले पनि केही सहयोग गर्ने अठोटका साथ माझी बस्तीलाई एकीकृत बस्ती निर्माणको अभियान सुरु गरेकी जानकारी दिइन्

Comments

You may also like

This will close in 0 seconds