सुनको मूल्य फेरि बढ्यो, तोलामा १ हजार ६ सयले वृद्धि; चाँदी पनि ६० रुपैयाँ महँगियो

by समतल अनलाइन
50Shares

काठमाडौं स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा एक हजार ६०० रुपैयाँले र चाँदी ६० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाल सुन प्रतितोला तीन लाख छ हजार ८०० रुपैयाँ र चाँदीको चार हजार ७७० रुपैयाँ कायम रहेको जनाएको छ ।

आइतबार छापावाल सुन प्रतितोला तीन लाख पाँच हजार २०० रुपैयाँ र चाँदीको मूल्य चार हजार ७१० रुपैयाँ थियो ।

You may also like