29
लोक सेवा आयोग बुटवल कार्यालयले नेपाली सेनाको सैन्य पदका लागि लिइएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
खुला तथा समावेशी विज्ञापनअन्तर्गत लिखित परीक्षामा सहभागी ११९ जनामध्ये विभिन्न समूहबाट उम्मेदवार छनोट भएको आयोगले जनाएको छ। जसमा खुलातर्फ ७२, महिलातर्फ ५, आदिवासी जनजातितर्फ ४६, मधेसीतर्फ २, दलिततर्फ २४ र पिछडिएको क्षेत्रतर्फ ७ जना छनोट भएको जनाएको छ।
छनोट भएका उम्मेदवारको विस्तृत स्वास्थ्य परीक्षण तथा अन्तर्वार्ता कार्यक्रम श्री रामबाण गुल्म, धागिथुम, गुल्मीबाट सञ्चालन हुने आयोगले जनाएको छ।
हेर्नूहोस् विस्तृत विवरण:






