पदाधिकारी संरचनामा सबै समुदाय र क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गर्छौँ : गगन थापा

by समतल अनलाइन
28Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले पार्टीको पदाधिकारी संरचनामा सबै समुदाय र क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गर्न केही समायोजन गरिएको बताएका छन्।

मंगलबार साँझ राष्ट्रिय सभागृह पुगेर सभापति पदमा उम्मेदवारी दर्ता गराएपछि थापाले केन्द्रीय समितिमा खुला प्रतिस्पर्धाबाट आउनेको संख्या बढ्दा दलित, मधेसीलगायतका क्लस्टरको प्रतिनिधित्व कम हुन सक्ने भएकाले उपसभापति, महामन्त्री र सहमहामन्त्रीको संरचनामा समायोजन गरिएको बताए।

नेता थापाले विशेष महाधिवेशनबाट आएका तथा अन्य सबै नेताले पार्टीभित्र समान अवसर पाउने गरी स्पेस बनाउनु आफ्नो जिम्मेवारी भएको बताए। सबै नेता पदाधिकारीमै प्रतिस्पर्धा गर्नुपर्ने नभएको उनको भनाइ थियो।

नयाँ विधानले प्रदेश र जिल्ला तहलाई थप अधिकार सम्पन्न बनाएकाले तल्ला तहमा पनि काम गर्ने पर्याप्त अवसर रहेको उनले बताए।

पार्टीभित्रको निर्वाचनमा जित–हारलाई स्वाभाविक रूपमा लिएर हार्दिकता कायम राख्नुपर्ने थापाको भनाइ छ। महामन्त्रीहरूको कार्यविभाजन विधानमै स्पष्ट भएकाले ठुलो केन्द्रीय समितिलाई पनि व्यवस्थित रूपमा अघि बढाउन सकिने उनले बताए।

You may also like