भोटेकोशी हिमबाढीः १५५ नेपाली चीनबाट स्वदेश फर्किए, १२७ जना फर्कंदै

by समतल अनलाइन
27Shares

काठमाडौं । नेपाल–चीन सीमावर्ती क्षेत्रमा भदौ १० गते आएको भोटेकोशी हिमबाढीबाट प्रभावित १५५ जना नेपाली नागरिक चीनबाट तातोपानी नाका हुँदै स्वदेश फर्किएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार थप १२७ जना नेपाली स्वदेश फर्कने क्रममा छन्।

मन्त्रालयका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म १३ हजार ९८ जनाको उद्धार गरिएको छ। यद्यपि, करिब ५ हजार व्यक्ति अझै बेपत्ता रहेको मन्त्रालयले जनाएको छ। प्रभावित क्षेत्रमा १ हजार ३४४ शव बरामद भइसकेका छन्।

बेपत्ता तथा प्रभावितको खोजी तथा उद्धारका लागि नेपालसहित विभिन्न देशका विशेषज्ञ टोली परिचालन गरिएको छ। भारत, चीन र दक्षिण कोरियाका सुरुङ उद्धार टोलीसँगै ड्रोन तथा आधुनिक उद्धार उपकरण प्रयोग भइरहेको मन्त्रालयले जनाएको छ।

यसैगरी, अस्ट्रेलियाबाट १५ सदस्यीय र मलेसियाबाट ११ सदस्यीय विशेष उद्धार टोली नेपाल आइपुगेका छन्। ती टोलीसमेत खोजी तथा उद्धार कार्यमा परिचालन भइरहेका छन्।

प्रारम्भिक विवरणअनुसार भोटेकोशी हिमबाढीबाट ७ हजार ५७० घर र ३२ हजार ९३३ जना प्रभावित भएका छन्। बाढीले ४८ सरकारी कार्यालय, ५५ किलोमिटर सडक, ३७ पक्की पुल र ६८ झोलुङ्गे पुलमा क्षति

You may also like