तीज कार्यक्रम स्थगित गरी साझा हस्पिटलद्वारा बाढीपीडितका लागि एक लाख ११ हजार सहयोग

by समतल अनलाइन
39Shares

बुटवल । रसुवाबाट सुरु भएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले साझा हस्पिटल प्रा.लि, बुटवलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ।

अस्पतालले हरेक वर्ष आयोजना गर्दै आएको हरितालिका तीज कार्यक्रम स्थगित गरी त्यसका लागि छुट्याइएको रकम बाढी प्रभावितको सहयोगमा प्रदान गरेको हो। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको राष्ट्रिय वाणिज्य बैंकस्थित खातामा जम्मा गरिएको अस्पतालले जनाएको छ।

साझा हस्पिटलका अध्यक्ष गोविन्द खनाल सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै मानवीय सेवाका गतिविधिमा सक्रिय रहँदै आउनुभएको छ। स्वास्थ्य सेवासँगै विपद् तथा अप्ठ्यारो परिस्थितिमा समुदायप्रति जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने मान्यताका साथ अस्पतालले विभिन्न सामाजिक कार्यमा समेत सहभागिता जनाउँदै आएको छ।

बाढीबाट ठूलो जनधनको क्षति भएको अवस्थामा पीडितको राहत र पुनःस्थापनामा थोरै भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले तीज कार्यक्रमको खर्च कटौती गरी उक्त रकम सहयोग गरिएको अस्पतालले जनाएको छ।

You may also like