गोसाइँकुण्ड गएका तनहुँका चार जना परिवारको सम्पर्कमा

by समतल अनलाइन
39Shares

तनहुँ ।तनहुँको भिमादबाट गोसाइँकुण्ड तीर्थयात्राका लागि गएका चार जना परिवारको सम्पर्कमा आएका छन् । भिमाद-६ का नारायण मरासिनी, बालकृष्ण पोखरेल, सन्देश पोखरेल र गणेश उप्रेती गोसाइँकुण्ड तीर्थयात्राका लागि गएका थिए ।

उनीहरू चारै जना सकुशल रहेका परिवारसँग सम्पर्कमा जानकारी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले जानकारी दिए । रसुवाको भोटेकोशी बाढीका कारण सम्पर्कविहीन भएका जिल्लावासीको खोजी गर्ने र अवस्थाबारे बुझ्ने कार्य भइरहेको उनले बताए ।

प्रजिअ तिवारीका अनुसार सम्पर्कविहीन हुनेमा भानु नगरपालिका(१ का सञ्जीव गुरुङ रहेका छन् । गुरुङसहित तीन जना व्यवसायको सिलसिलामा टिमुरेतर्फ गएका थिए । भन्सार कार्यालयमा कार्यरत आँबुखैरेनी गाउँपालिका(३ का प्रेम सेढाईं, रसुवा हाइड्रोपावरमा काम गर्ने ऋषिङ गाउँपालिका(७ का धनबहादुर आले र शुक्लागण्डकी नगरपालिका(१२ जसपुर निवासी बिनु गुरुङ सम्पर्कविहिन रहेका बताए ।

तिवारीले रसुवा, नुवाकोट, धादिङलगायत बाढी प्रभावित क्षेत्र र आसपासमा पुगेका तनहुँमध्ये हालसम्म परिवार तथा आफन्तको सम्पर्कमा नरहेका व्यक्तिबारे तत्काल जानकारी गराउन सम्बन्धित सबैलाई आग्रह गर्नुभएको छ । उहाँले सम्पर्कविहीन व्यक्तिको खोजी तथा उद्धारमा सहजीकरणका लागि जिल्ला प्रशासन कार्यालय, नजिकको प्रहरी कार्यालय वा सञ्चारमाध्यममार्फत तत्काल खबर गर्न अनुरोध गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी तिवारीले विपद्को यस कठिन अवस्थामा सबैले आ(आफ्नो भूमिका र जिम्मेवारीअनुसार खोजी, उद्धार तथा राहत कार्यमा सहयोग गर्न पनि आग्रह गरेका छन् ।

प्रकाशित मिति : ११ भाद्र २०८३, बिहीबार ८ : ४४ बजे

You may also like