120
बुटवल । रुपन्देहीको तिलोत्तमामा सिद्धार्थनगर नगरपालिकाको सरकारी गाडी दुर्घटना हुँदा नगरपालिकाका मेयर इश्तियाक अहमद खाँ घाइते भएका छन्।
बिहीबार तिलोत्तमा–१५ कोटीहवामा बुटवलबाट भैरहवातर्फ जाँदै गरेको बा १ झ ०९५३ नम्बरको सरकारी गाडी अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएको हो।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी कृष्णकुमार चन्दका अनुसार दुर्घटनामा मेयर खाँको टाउकोमा सामान्य चोट लागेको छ। उनको भैरहवास्थित भीम अस्पतालमा उपचार भइरहेको छ।
गाडीमा मेयर खाँ र चालक मात्रै सवार थिए। चालक भने सकुशल रहेका छन्। तीव्र गतिमा रहेको गाडी अनियन्त्रित भई सडकको अर्को तर्फको डिभाइडरमा ठोक्किएको प्रहरीले जनाएको छ।

