22
काठमाडौं । पत्रकार किशोर श्रेष्ठविरुद्ध जिल्ला अदालत काठमाडौंले अनुसन्धानका लागि थप तीन दिनको म्याद दिएको छ। प्रहरीले अनुसन्धानका लागि म्याद थपको माग गर्दै श्रेष्ठलाई अदालतमा उपस्थित गराएको थियो। अदालतले प्रहरीको मागअनुसार थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।
श्रेष्ठविरुद्ध प्रहरीले के विषयमा अनुसन्धान गरिरहेको हो भन्नेबारे विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन। प्रहरीले पत्रकार श्रेष्ठलाई बुधबार राति ललितपुरको कुसुन्तीस्थित निवासबाट पक्राउ गरेको थियो। उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौँको हिरासतमा राखिएको छ।

