लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीको बोलबम यात्रामा अध्यक्ष लक्ष्मण खनालसहित कार्यसमितिको टोली सहभागी

by समतल अनलाइन
17Shares

बुटवल । लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीका अध्यक्ष लक्ष्मण खनालसहित संस्थाका पदाधिकारी तथा कार्यसमितिको टोली बोलबम यात्रामा सहभागी भएको छ। वर्ष २०२६/२७ को दोस्रो कार्यक्रमअन्तर्गत आयोजित बोलबम यात्रामा लियो सदस्यहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो।

यात्रामा अध्यक्ष खनालसहित, सचिव कुशल पाण्डे, कोषाध्यक्ष विशाल खनाल, लायन्स समन्वयकर्ता मनोज पाण्डे, सदस्यता संयोजक अरुणा पछाई लगायत कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागी लियो सदस्यहरूको एकता, उत्साह र सक्रिय सहभागिताले बोलबम यात्रालाई थप विशेष बनाएको क्लबले जनाएको छ।

You may also like