121
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा सुमो गाडी दुर्घटना हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा ४ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा मृत्यु भएको हो । साँझ करिब सवा ५ बजे काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको ना.१ज १७७८ नम्बरको सुमो सडकबाट करिब १०० मिटर तल खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सुमोमा कुल ९ जना यात्रु सवार थिए । तीमध्ये ६ जना पुरुष, १ महिला, १ बालिका र १ बालक रहेका थिए । दुर्घटनाको कारण हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ ।



