जिपि स्मृति रनिङ् शिल्ड महिला भलिवल : सिद्धेश्वरी र उजिरसिंह फाइनलमा

by समतल अनलाइन
172Shares

बुटवल । बुटवलमा सञ्चालन गरिएकाे विद्यालय स्तरिय जिपि स्मृति रनिङ् शिल्ड महिला भलिवलकाे उपाधिका लागि फाइनलमा सिद्धेश्वरी माध्यमिक विद्यालय र उजिरसिंह माध्यमिक भिड्ने भएका छन् ।
नेपाली काँग्रेसका संस्थापक नेता पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद काेइरालाकाे १६औं स्मृति दिवसकाे अवसरमा जिपि स्मृति प्रतिष्ठान रुपन्देहीले आयाेजना गरेकाे महिला भलिवल रनिङ् शिल्ड प्रतियाेगितामा सिद्धेश्वरीले नवीन र उजिरसिंहले पर्राेहालाई हराएर फाईनलमा प्रवेश गरेका हुन् ।

त्यस्तै तेस्राे स्थानका लागि नवीन र पर्राेहा बिच प्रतिस्पर्धा हुनेछ । बुटवल ७ स्थित सिद्धेश्वरीकाे खेल मैदानमा भएकाे प्रतियाेगितामा ज्ञानाेदय माध्यमिक विद्यालय, शान्ति नमुना माध्यमिक विद्यालय, नवीन औद्याेगिक माध्यमिक विद्यालय, नहरपुर माध्यमिक विद्यालय, सिद्धेश्वर माध्यमिक विद्यालय, पर्राेहा माध्यमिक विद्यालय, नवरत्न माध्यमिक विद्यालय, पशुपति माध्यमिक विद्यालय, माेतिपुर माध्यमिक विद्यालय, नयाँगाउ माध्यमिक विद्यालय र उजिरसिंह माध्यमिक विद्यालय गरि ११ वटा सामुदायिक विद्यालयका टिम प्रतिस्पर्धा गरेकाे कार्यक्रम संयाेजक प्रतिष्ठानका कार्यसमिति सदस्य बाबुराम बिकले जानकारी गराए ।

प्रतियाेगिताकाे उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले छात्राहरुलाई खेलप्रति जागरुक गराउन र विधागत भलिवल खेलकाे विकासका लागि जिपि काेइराला स्मृति प्रतिष्ठानले महत्वपूर्ण याेगदान गरेकाे बताए । उनले बुटवललाई खेलकुदकाे हवकाे रुपमा विकास गर्न नगरपालिकाले बालबालिकालाई खेलप्रति आकर्षण, प्रशिक्षण र पूर्वाधार विकासमा उल्लेखनीय लगानी गरेकाे पनि जानकारी गराए ।

जिपि स्मृति प्रतिष्ठानका अध्यक्ष रामबहादुर कार्कीले छात्राहरुलाई खेलप्रति आकर्षण गरि खेलका माध्यमबाट राष्ट्रलाई पनि याेगदान पुगाेस भन्ने उदेश्यले विद्यालय स्तरीय छात्रा भलिवल प्रतियाेगिता गरिएकाे बताए । उनका अनुसार याे १६औं संस्करणकाे प्रतियाेगिता हाे । विगतका वर्षमा निजी तथा सामुदायिक विद्यालय सहभागी गराईएपनि याे वर्षदेखि सामुदायिक विद्यालयलाई मात्रै सहभागी गराइएकाे जानकारी गराए ।

प्रतियाेगितामा प्रथम हुनेलाई २५ हजार रुपैंया, दाेस्राे हुनेलाई २० हजार र तेस्राे हुनेलाई १५ हजार रुपैया नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

त्यस्तै तेस्राे हुने टिमलाई १० हजार रुपैंया नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र प्रदान गरिने प्रतिष्ठानकी उपाध्यक्ष बालकुमारी भण्डारीले जानकारी गराइन् । उनका अनुसार उत्कृष्ट खेलाडि र अनुसाशित खेलाडिलाई जनही १ हजार ५ सय नगद पुरस्कार सहित ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

प्रतियाेगिता अन्तरगत फाईनल प्रतिस्पर्धा तथा तेस्राे र सान्त्वनाका लागि भाेली शनिबार बिहान प्रतिस्पर्धा गराइने प्रतिष्ठानकी सचिव गंगा पन्थीले बताइन ।

You may also like

This will close in 0 seconds