रास्वपाले बालेन शाहसहित २६ जना केन्द्रीय सदस्य मनोनित गर्‍यो

by समतल अनलाइन
213Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बालेन शाहसहित २६ जना केन्द्रीय सदस्य मनोनित गरेको छ ।

आइतबार बसेको केन्द्रीय समितिको बैठकले काठमाडौंका मेयर बालेन शाह र ऊर्जामन्त्री कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीका २६ जनालाई केन्द्रीय समितिमा समेटेको हो । यसअघि आजै विवेकशील साझा पार्टी एकीकरण भएर आएका ७ जनालाई पनि केन्द्रीय समिति सदस्यमा मनोनित गरेको थियो ।

नयाँ मनोनित केन्द्रीय सदस्यमा बालेन शाह, सुनिल लम्साल, भूपदेव शाह, सस्मित पोखरेल, सागर ढकाल, लक्ष्मण थारु, रमेश पौडेल, खगेन्द्र सुनार, गणेश पौडेल, सन्तोष गिरी, डा. नमिता यादव, सरिता ज्ञवाली, सुशान्त वैद्य, लक्ष्मी बर्देवा, शिव यादव, रोहन कार्की, अनन्तराज घिमिरे, रामकुमार ढुंगाना, प्रदीप ज्ञवाली, जेम्स कार्की, मधुसुदन ढकाल, ओजस्वी थापा, केपी खनाल, आदित्य आचार्य, प्रदीप पाण्डे र खेमराज साउद रहेका छन् ।

आजै मनोनित गरिएका विवेकशील साझाबाट एकीकृत भएकाहरुमा समिक्षा बास्कोटा, प्रकाशचन्द्र परियार, सुरज प्रधान, नवराज थापा, आशुतोष प्रधान, धनेज थापा र रञ्जु दर्शना रहेका छन् ।

You may also like

This will close in 0 seconds