आज कहाँ–कहाँ छ बर्षा र हिमपातको सम्भावना ?

by समतल अनलाइन

काठमाडौं । हाल देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसमविदले जनाएका छन् । जसका कारण मध्य तथा पश्चिम तराईका केही स्थानहरूमा हुस्सु लागेको छ र बाँकी भागमा मौसम सफा रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (मंगलबार) दिउँसो कोशी प्रदेशको हिमाली क्षेत्रमा सामान्य बदली रहने सम्भावना रहेको छ भने पहाडी र तराई क्षेत्रमा मौसम सफा रहने सम्भावना रहेको छ । राति पनि देशैभरीको मौसम सफा रहने सम्भावना रहेको छ । महाशाखाकाअनुसार देशमा पश्चिमी वायुको प्रभाव रहे पनि आज पानी पर्ने सम्भावना भने कतै देखिएको छैन ।

महाशाखाले आज बिहान ६ बजे जारी गरेको बुलेटिनमा आगामी २४ घण्टाको मौसम विश्लेषण गर्दै भनिएको छ, ‘बिहानको समयमा तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु र कुहिरो सम्भावना रहेकोले सो समयमा दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।’

 
 
  
 

You may also like