बेल्जियममा पनि मनाइयो नेपाल संवत् ११४५ गरियो सामूहिक म्ह: पूजा

by समतल अनलाइन

बेल्जियम । बेल्जियमबासी नेवार समुदायले पनि सामूहिक म्ह: पूजा सहित नेपाल सम्बत् ( न्हू: दँया भिन्तुना)११४५ भब्यताका साथ मनाएका छन्।

पासा पुच: बेल्जियमको आयोजनामा बेल्जियममा बस्ने नेवारहरु एकै स्थानमा भेला भई सामूहिक म्ह: पूजा सहित नेपाल सम्बत् ११४५ भब्यताका साथ मनाएका हुन् ।

कार्यक्रममा नेवारी संस्कृति र परम्परा अनुसार सामूहिक म्ह: पूजा गरिएको थियोे भने नेवारी धिमे बाजा र नाच समेत प्रस्तुत गरिएको थियोे । नेवारी भेषभूषामा सजिएका उनीहरूले नेवारी खानाका परिकार संगै देउसी भैलो खेल्दै एक आपसमा मनोरञ्जन गरेका थिए ।

युरेपियन युनियन तथा बेल्जियमका लागि नेपाली राजदूत गेहेन्द्र राज भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बेल्जियमबासी नेवार समुदायको बाक्लो सहभागिता रहेको थियो ।

पुँचका अध्यक्ष सुर्यनारायण श्रेष्ठको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष मुना ताम्राकारको स्वागत, प्रिति श्रेष्ठ कर्माचार्यको संयोजन तथा महासचिव शंकर श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियोे ।

 
 
  
 

You may also like