यी प्रदेशमा आज मध्यमदेखि भारी वर्षा हुने

by समतल अनलाइन

काठमाडौं । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको उत्तरतर्फ तथा पश्चिम तर्फ सरदर स्थानको आसपास रहेको छ ।

बागमती प्रदेश र गण्डकी प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रहेको छ भने बाँकी प्रदेशहरूमा आन्सिकदेखि साधारणतया बदली रहको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

यस्तै, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जनाइएको छ । दिउँसो देशभर साधारणतया बदली रहने छ भने सबै प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति देशभर आन्सिकदेखि साधारणतया बदली रहने छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।

 
 
  
 

You may also like