अहिलेका मन्त्रीहरुलाई ‘स्टन्ट’ जरुरी छैन : परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले अहिलेका मन्त्रीहरूलाई ‘स्टन्ट’ गर्न जरुरी नरहेको बताएकी छन् ।बुधबार त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय पुगेर स्थलगत निरीक्षण गर्दै वस्तुस्थितिका बारेमा जानकारी लिएपछि उनले यस्तो बताएकी हुन् । निरीक्षणका क्रममा उनले सेवाग्राहीसँग कुराकानी गरेकी थिइन् । कर्मचारीसँग विभागको सेवा प्रवाहका बारेमा जानकारी लिएपछि मन्त्री राणाले सेवाग्रहीलाई सहजरूपमा सेवा प्रवाह गर्न निर्देशन दिएकी थिइन् ।

मन्त्री राणाले सरकारमा निकै अनुभवी पार्टीहरू रहेकाले स्टन्ट गर्नुपर्ने कुनै आवश्यकता नरहेको बताइन् । जनताको सेवा प्रवाहमा सरकारको ध्यान केन्द्रित रहेको उनको भनाइ थियो । विभागको सेवा प्रवाहलाई सहज गर्न देखिएका समस्या समाधानका लागि उनले प्रतिबद्धता जनाएकी थिइन् ।

त्यस्तै मन्त्री राणाले आफूमाथि टीकापुर जग्गा प्रकरण, भुटानी शरणार्थी प्रकरणलगायतमा लगाइएका आरोपहरू निराधार रहेको बताइन् । कांग्रेस सभापति शेरबहादुर देउवाको श्रीमती भएकै कारण आफूलाई विभिन्न आरोप लगाउने गरेको उनको गुनासो छ । उनले नियोजितरूपमा स्टन्ड गर्न विभिन्न प्रकरणमा आफ्नो नाम मुछ्ने काम गरेको समेत बताइन् ।

 
 
  
 

You may also like