अब कांग्रेसबाट राष्ट्रपतिमा एक, प्रधानमन्त्रीमा दुई, मन्त्रीमा तीन र सांसदमा चार पटक भन्दा शपथ लिने छैन : शर्मा

by समतल अनलाइन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसबाट दुई पटकभन्दा बढी प्रधानमन्त्रीमा कसैले शपथ नलिने बताएका छन् । उनले यो विषय महासमिति बैठकले पारित गरिसकेको पनि उनले जानकारी दिए ।

जारी महासमिति बैठकको समापन समारोहमा उनले अब कांग्रेसबाट एकपटक राष्ट्रपति, तीन पटक मन्त्री र चारपटकसम्म मात्र सांसद बन्न पाइने बताए । महामन्त्री शर्माले गठबन्धन मात्र महासमिति बैठकमा छलफल भएको भन्ने सन्देश बाहिर गएको भन्दै समग्र देशको परिस्थितिबारे पनि छलफल भएको जानकारी दिए ।

‘सबैलाई स्पष्ट पारौँ, त्यो विषयबाहेक अन्य धेरै विषयमा छलफल भयो; देशको स्थिति र परिस्थितिको विषमया छलफल भयो, मन माझामाझ भयो । अहिले एक ढिक्का भएका छौँ’, उनले भने । महासमिति बैठकले सुशासन र समुन्नतिको बाटोमा एक ढिक्का भएर छलफल गरेको र अबको १५ वर्षको बाटो कोरेको उनको भनाइ छ ।

सम्बन्धित
Gagan Thapa 2

 
 
  
 

You may also like