फेलिक्स इस्ट्रन बुटवल एजुकेशन कन्सल्टेन्सीको शाखा बुटवलमा

by समतल अनलाइन

बुटवल । बुटवलमा फेलिक्स इस्ट्रन बुटवल एजुकेशनको बुटवलमा शाखा विस्तार भएको छ।

वैदेशिक अध्ययनमा जाने युवाहरुलाई मध्यनजर गर्दै बुटवलमा कन्सल्टेन्सीको सुभारम्भ गरिएको हो।

कार्यक्रममा कन्सल्टेन्सीका प्रवन्ध निर्देशक नेत्रजंग पाण्डेले लामो समय आफू अष्ट्रेलियामा बसोबास गरेको कारण त्यहाँको वातावरण राम्रोसंग बुझेको बताए।

गोर्खा हार्वेसटिङ र एटु जेड स्टाफिङ गरि दुई वटा लाईसेन्स प्राप्त कम्पनी समेत संचालन गरेको उनले बताए । कृषि र जनशक्ति उपलब्ध गराउने गरि कम्पनीबाट पार्ट टाईम रोजगार समेत दिन सफल भएको उनले बताए । पहिलेको तुलनामा पछिल्लोसमय विद्यार्थीहरुले गलत कागजी प्रक्रियाका कारण भिसाको समस्या देखिएको उनले बताए । अष्ट्रेलिया, युके, युएसए, क्यानडा, न्युजिल्यान्डमा पठाउदै आएको उनले बताए । युवाहरुको वैदेशिक चाहना अनुसार अन्य देशको काम गर्ने उनले बताए।

प्रालिका म्यानेजिङ डाईरेक्टर रोशन भुषालले दक्ष प्रशिक्षकहरुबाट आयल्स, पिटिई, युकेभिआई क्लासहरु दिईने बताए । काउन्सिलिङको कामसंगै ट्रेनर झिकाएर नै सीपमुलक आवश्यकता अनुसार तालिमहरु दिदै आएको उनले बताए ।

प्रालिका जुना परियारले वैदेशिक अध्ययनमा जाने युवाहरु जो कठिनाईमा परेको समस्या छ।यस्तोमा उनिहरुलाई सहयोग गर्ने लक्ष्यसहित स्थापना गरिएको बताईन । विद्यार्थीहरुलाई जान भन्दा अघि नै सहि सुचना पाउने ब्यवस्था र आवश्यक सहयोग गर्ने उदेश्यका साथ स्थापना गरिएको बताए ।

साथै अष्ट्रेलिया, काठमाडौ र फिलिपिन्समा पनि कन्सल्टेन्सीको कार्यलय रहेको छ।

 
 
  
 

You may also like