एभरेष्टमा गायन, फुटवल र ब्याटमिन्टन प्रतियोगिता

by समतल अनलाइन

बुटवल । बुटवल–८, सुख्खानगरमा अवस्थित एभरेष्ट इङ्लिस बोर्डिङ माध्यमिक विद्यालयमा विविध कार्यक्रम सम्पन्न भएका छन् ।
शुक्रबारीय कार्यक्रम अन्तर्गत कक्षा १ देखि ३ सम्म गायन प्रतियोगिता र कक्षा ४ देखि १० सम्मको अन्तरसदनात्मक फुटवल प्रतियोगिता तथा छात्रा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएका छन् ।

गायन प्रतियोगिता अन्र्तगत कक्षा १ बाट रिदिमा पाण्डे प्रथम, प्रतिमा खतिवडा द्वितीय, आस्था पन्थी तृतीय, कक्षा २ बाट सभ्यता थापा प्रथम, जेरि राना द्वितीय, सौरभी थापा तृतीय र कक्षा ३ बाट प्राची पुन प्रथम, सिमन, सियोन थापा द्वितीय र दिप्सन ढकालले तृतीय भए । त्यसैगरी फुटवल प्रतियोगितामा कक्षा ६ देखि ८ अन्तर्गत ग्रिन हाउस प्रथम र ब्लु हाउसले द्वितीय स्थान प्राप्त गरेका छन् भने कक्षा ९ र १० अन्र्तगत ब्लु हाउस प्रथम र ग्रिन हाउसले द्वितीय स्थान प्राप्त गरेका छन् । त्यस्तै छात्रा ब्याडमिन्टनतर्फ सपना साह प्रथम, सिमाना न्यौपाने द्वितीय र युवा कुमारी थापाले तृतीय स्थान हासिल गरे ।

विद्यालयका सह–प्राचार्य तथा अतिरिक्त क्रियाकलाप विभाग प्रमुख भीमसेन गौतमको अध्यक्षतामा भएको कार्यक्रममा प्राचार्य कृष्ण न्यौपानले विद्यार्थीको व्यक्तित्व विकासका लागि विद्यालयले विभिन्न खेलकुदहरु र ज्ञानवर्धक प्रतियोगिताहरु आयोजना गरिरहने र त्यसमा विद्यार्थीको सक्रिय सहभागिता आवश्यक रहेको बताए। उनँले विद्यार्थीको चौतर्फि विकासका लागि विभिन्न रचनात्मक कार्यक्रमहरु गर्दै आएको बताए ।
कार्यक्रममा उप प्राचार्यद्वय उमेश रेग्मी र माला पाण्डेको आतिथ्य, प्रथमिक संयोजक आशा भुसाल र सदन शिक्षकहरुको संयोजकत्व तथा संगित शिक्षक विशाल थापा, तिलक थापा र सिमा थापाको निर्णयकत्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन विद्यार्थीद्वय संवृद्वी शर्मा र आयुष्मा कक्षपतिले गरेका थिए ।

 
 
  
 

You may also like