पूर्व कमैयाको अवस्था सुधार नहुनु दुःखद : मुख्यमन्त्री चौधरी

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले कमैया मुक्त भए पनि अझै सुधार नुहुनु दुःखद् रहेको बताएका छन् । २३ औं मुक्त कमैया दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले तराईका दाङ, बाँके, बर्दिया, कैलाली कञ्चनपुरका २७ हजार पाँच सय ७० मुक्त घोषणा भए पनि अझै पनि पूर्णरूपमा मुक्त हुन नसकिरहेको बताए ।

मुक्त कमैयाका समस्या समाधानका लागि तीनै तहका सरकार गम्भीर बन्नुपर्ने मुख्यमन्त्री चौधरीको भनाइ छ । विसं २०५७ साउन २ गते कमैया मुक्ति घोषणा गरिएको थियो ।

‘मुक्त कमैयालाई रोजगारमा जोड्दैछौँ’

लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले मुक्त कमैयालाई राजगारीमा जोड्नका लागि बजेट विनियोजन गरेको जानकारी दिएका छन् । मुक्त कमैया दिवसका अवसरमा एक प्रेस विज्ञप्ति जारी गर्दै उनले कमैयालाई रोजगारीमा जोड्न प्रदेश सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् । उनले कमैया मुक्त भए पनि उचित व्यवस्थापन हुन नसक्नु दुःखद् रहेको जनाउँदै त्यसतर्फ प्रदेश सरकार गम्भीर रहेको बताए ।

 
 
  
 

You may also like