चुइङगम चपाउँदा तीन महिनामा बाहिरियो १२ करोड

by समतल अनलाइन

एजेन्सी । नेपालीले चुइङगम चपाउँदा ३ महिनामा १२ करोड विदेसिएको छ।

भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७६/७७ को पहिलो ३ महिनामा १२ करोड ७६ लाख ८३ हजारको चुइङगम आयात भएको छ।

नेपालमा युएई, युके, भारत, दक्षिण कोरिया, थाइल्यान्ड र अमेरिकाबाट चुइङगम आयात हुने गरेको छ।

यो तीन महिनामा सबैभन्दा धेरै भारतबाट ४ लाख २५ हजार ५५ हिलो र सबै भन्दा थोरै थाइल्याण्डबाट ८१ हिलो चुइङगम आयात भएको छ। यो अवधिमा कुल ४ लाख २७ हजार ३ सय ६० किलो चुइङगम आयात भएको छ।

गत वर्ष यही अवधिमा १६ करोड ९५ लाख ५९ हजारको चुइङगम आयात भएको थियो।

 

 
 
  
 

You may also like