क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाई, ‘उचित सम्मान’ गरिने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा पुगेको नेपाली टोलीलाई बधाई दिएका छन् ।

आज (शनिबार) कपको फाइनल पुगेको नेपाली क्रिकेट टोलीलाई बधाई दिँदै सरकारको तर्फबाट उचित सम्मान गर्ने प्रधानमन्त्री दाहालले प्रतिबद्धता व्यक्त गरेका हुन् । ‘एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा प्रवेश गरेकोमा नेपाली टोलीलाई हार्दिक बधाई । क्रिकेट टोलीको सफलताप्रति उच्च सम्मान व्यक्त गर्दै सरकारको तर्फबाट उचित सम्मान गर्ने प्रतिबद्धता व्यक्त गर्दछु,’ दाहालले सामाजिक सञ्जालमा लेखेका छन् ।

कुवेतसँगको सेमिफाइनल खेल वर्षाले पूरा हुन नपाए पनि शनिबार नेपाल फाइनलमा पुगेको हो । नेपालले फाइनलमा अब यूएईसँग प्रतिस्पर्धा गर्नेछ । फाइनललाई यूएईलाई पराजित गरेमा नेपाल एसिया कपका लागि छनोट हुनेछ ।

 
 
  
 

You may also like