पहाडमा वर्षा, कोसी प्रदेशमा हावाहुरीको सम्भावना

काठमाडौं । आज (मंगलबार पनि देशका पहाडी भू–भागमा वर्षाको सम्भावना रहेको मौसमविदले जनाएका छन् । पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

पश्चिमी र स्थानीय वायुको प्रभाव रहँदा आज (मंगलबार) बिहान कोसी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

देशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोसी प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ । विभागले आज राति कर्णाली प्रदेशमा आंशिक बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जनाएको छ ।

कोसी प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको तथा मेघगर्जन र चट्याङसहित हावाहुरीबाट हुनसक्ने क्षतिबाट बच्न आवश्यक सतर्क हुन विभागको आग्रह छ ।

 
 
  
 

You may also like