लुम्बिनीमा भएको जीवनीमा चलचित्र निर्माण सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

बुटवल। बिश्व शान्तीको अग्रदुत गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा चैत्र १७ गते देखि सञ्चालन भएको जिवनीमा चलचित्र निर्माण र अन्तराष्ट्रिय बजार तथा पर्यटन प्रबद्र्धन सम्बन्धी तिन लिने कार्यशाला गोष्ठी आइतवार समपन्न भएको छ। बौद्ध दर्शन र जीवनीमा आधारित चलचित्र निर्माण कसरी गर्ने र चलचित्र निर्माणका कथाबस्तुको आधार के कसरी तयार गर्ने लगायत बिभिन्न फरक फरक बिषयहरुबारे छलफल तथा अन्तरकृया सञ्चालन गरिएको गोष्ठीको उद्घाटन सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले र्भरहवामा गर्नु भएको थियो।

चन्द्र सूर्य सिनेमा प्रा.लि.को आयोजना तथा चलचित्र बिकास बोर्ड, पर्यटन बोर्ड, लुम्बिनी बौद्ध विश्व विद्यालय,लुम्बिनी र नेपाल चलचित्र पत्रकार संघ, रुपन्देहीको सहकार्यमा सञ्चालन भएको गोष्ठीमा बरिष्ठ साहित्यकार चलचित्र निर्देशक तथा साहित्यकारद्वय प्रकाश सलभ र राजेन्द्र सलभ(चलचित्र लेखन र निर्माण), चलचित्र निर्देशक तथा ओस्कार पुरस्कार नेपालका अध्यक्ष विमल पौडेल( जीवनीमा चलचित्र निर्माण र सम्भावना)लुम्बिनी विश्वविद्यालयका उप प्राध्याापक दयानीधि गौतम(चलचित्रमा बौद्ध जीवनीः दर्शन भित्र दृश्यको खोजी), लुम्बिनी विश्वविद्यालयका परीक्षा नियन्त्रक इन्द्र प्रसाद काफ्ले(बौद्ध दर्शन र सिनेमा), डा. बालकृष्ण चपागाई(सिनेमामा बौद्ध दर्शन र सञ्चार), कथाकार बिक्रमभक्त जोशी(कथा लेखन), कलाकार तथा चलचित्र निर्माता विश्व बस्नेत(पत्रकारितामा चलचित्र र कला), बरिष्ठ अभिनेत्री बसुन्धरा भसुाल, सुनिल थापा, लुम्बिनी विश्वविद्यालय केन्द्रिय क्याम्पसका सहायक क्याम्पस प्रमुख डा. शारदा पौडेलले प्रशिक्षण दिनु भएको थियो।

कार्यशाला गोष्ठीको समापन गर्दै जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापागाईले बौद्ध दर्शन र जिवनीमा चलचित्र तथा वृत्तचित्र निर्माण गर्न रुपन्देही, कपिलबस्तु र नवलपरासीका सबै स्थानीय तहसंग समन्वय र सहकार्य गरी आवस्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो। बुद्धको बारेमा सत्य र तथ्य चलचित्र निर्माण भएमा नेपालको पर्यटन प्रबद्र्धनको बिकास अझ राम्रो हुने बताउदै कार्यक्रमका प्रमुख अिितथ समेत रहनु भएका जि.स.स. प्रमुख चापागाईले चलचित्र निर्माताहरुलाई बुद्धको जिवनीमा चलचित्र निर्माण गर्ने कार्यमा अगाडी बढनु समेत आग्रह गर्नु भयो।

कार्यक्रममा लुम्बिनी विश्वविद्यालयका रजिष्ट्रार तिलकराम आचार्यले बौद्ध दर्शन र जीवनीमा चलचित्र निर्माण गर्न विश्वविद्यालयले आवस्यक सन्दर्भ श्रोत उपलब्ध गराउने प्रतिवद्धता जनाउनु भयो। बुद्धको बारेमा चलचित्र निर्माण गरिनु आफैमा ऐतिहासिक र साहसिक कार्य हुने र उक्त साहसिक कार्य गर्न आँट गर्ने चलचित्र निर्मार्ता, कलाकार तथा निर्देशकहरुलाई लुम्बिनी विश्वविद्यालयले आवस्यक सहकार्य गर्न तत्पर रहेको बताउनु भयो। चन्द्र सूर्य सिनेमा प्रा.लि.का अध्यक्ष तथा चलचित्र निर्माता कृष्ण प्रसाद पोखर्ल(किसान)को अध्यक्षता तथा चलचित्र पत्रकार संघ रुपन्देहीका अध्यक्ष मोहन न्यौपानेको स्वागतमा सम्पन्न कार्यक्रममा चलचित्र पत्रकार संघ रुपन्देहीका निवर्तमान अध्यक्ष सुमन श्रेष्ठले कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने कलाकार, रंगकर्मी, प्रशिक्षक, प्रशिक्षार्थी, श्रोत व्यक्ती, चन्द्र सूर्य सिनेमा प्रा.लि. लुम्बिनी विशवविद्यालय, बिभिन्न जिल्ला शाखाका चलचित्र पत्रकार संघका प्रतिनीधि पत्रकार लगायतलाई धन्यवाद ब्यक्त गर्नु भएको थियो।

चलचित्र पत्रकार संघ रुपन्देहीका सचिव बिकास गौतमको सञ्चालनमा सम्पन्न भएको कार्यशालामा जीवनीमा आधरित निर्माण भएका बिभिन्न चलचित्र तथा वृत्तचित्र समेत प्रदर्शन गरिएको थियो।

 
 
  
 

You may also like