उम्मेदवारी दर्तापछि रविले भने, ‘अनौठो लागिरहेको छ, तर उत्साहित छु’

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू उपनिर्वाचनका लागि उत्साहित रहेको बताएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएपछि प्रतिक्रिया दिँदै लामिछानेले यो पटक आफूलाई केही अनौठो लागे पनि उत्साहित रहेको बताएका हुन् ।

‘अस्ती भर्खर यही प्रक्रियाबाट गुज्रेको थिएँ । मान्छेको जीवनमा, राजनीतिक जीवनमा हुने बिरलै घटना हुन् । तर तात्विक रूपमा केही फरक छैन । निर्वाचनका लागि उत्साहित छु । तर मतान्तर कति हुन्छ भनेर भन्न सक्दिनँ । यसका लागि निर्वाचनको अन्तिम परिणाम कुर्नै पर्छ । यद्यपि राम्रो हुन्छ भनेर अपेक्षा गरेको छु,’ उनले भने ।

 
 
  
 

You may also like