म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीलाई हरायो, टोटेनह्यामसँग वेस्टह्याम पराजित

by समतल अनलाइन

काठमाडौँ । इङलिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र टोटेनह्याम विजयी भएका छन् । गए रातिको खेलमा म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीलाई ३–० गोल अन्तरले पराजित गर्यो ।

म्याचेस्टर युनाइटेडको जितमा मार्कस राशफोर्डले दुई गोल गरे भने जडन सान्चोले एक गोल गरे । तेस्रो स्थानमा रहेको म्याचेस्टर युनाइटेडले जितसँगै ४९ अङ्क जोडेको छ । म्यानचेस्टर सिटी ५२ अङ्कसहित दोस्रो स्थानमा छ भने ५४ अङ्क भएको आर्सनल शीर्ष स्थानमा छ । लेस्टर सिटी २४ अङ्कसहित १४औँ स्थानमा छ ।

यस्तै, गएरातिकै अर्को खेलमा टोटेनह्यामले वेस्टह्यामलाई २–० गोल अन्तरले हराएको छ । टोटेनह्यामका लागि इमरसन रोयल र सन हिउन्ग–मिनले एक-एक गोल गरे । अङ्क तालिकाको चौथो स्थानमा रहेको टोटेनह्यामको ४२ अङ्क छ । वेस्टह्याम २० अङ्कसहित १८औं स्थानमा छ ।

 
 
  
 

You may also like